दफा ९४
मौद्रिक नीति सम्बन्धी प्रतिवेदन
बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सम्बन्धी प्रतिवेदन सार्वजनिक जानकारीको लागि प्रकाशन गर्नेछ । यसरी प्रकाशन गरिने प्रतिवेदनमा देहायका कुराहरु समावेश हुनु पर्नेछः– (क) बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको सिंहावलोकन र मूल्यांकन । (ख) बैंकले आगामी वर्ष अवलम्बन तथा लागू गर्ने मौद्रिक नीतिको औचित्य र सो को विवेचना ।